वृद्ध बुवालाई छोराबुहारीले जंगलमा छाडिदिए, चार दिनपछि वनकर्मीले गरे उद्धार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

वृद्ध बुवालाई छोराबुहारीले जंगलमा छाडिदिए, चार दिनपछि वनकर्मीले गरे उद्धार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१
  • सुन्नुहोस् 
375   
वृद्ध बुवालाई छोराबुहारीले जंगलमा छाडिदिए, चार दिनपछि वनकर्मीले गरे उद्धार

विराटनगर । मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर छाडिदिएका एक वृद्धलाई वनकर्मीले उद्धार गरेका छन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो । हेरालु टोलीले वनबाट उद्धार गरी अस्पताल भर्ना गराएका छन् । 

वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको बताए ।बेलबारी नगरपालिका९७, डांगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् वन अध्यक्ष गिरीले घटनाबारे प्रहरीलाई जानकारी गराइएको बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार