धनगढीः नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि नेपाली कांग्रेस कैलालीमा विवाद उत्तपन्न भएको छ । नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि कांग्रेसभित्र विवाद सिर्जना भएको हो ।
सोमबार जिल्ला सभापति भट्टले गोदावरी नगरपालिका–१ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे (आगो) र चुरे गाउँपालिका–६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।
दुवैजना माथि पार्टी जिल्ला सभापतिले पार्टीको महत्वपुर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको आरोप लगाउदै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए ।
दुबै जनालाई कारबाही गरेको विज्ञप्ति निकालेको तीन दिनपछि बिहिवार उपसभापति भीम बडूवालले छुट्टै विज्ञप्ति जारी गरेका छन् । उनले नेपाली कांग्रेस कैलालीको लेटरप्याडमा सभापतिले विधिविपरीत एकलौटी रूपमा कारबाही गरेको भन्दै सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न गरेका छन् । सभापतिले गरेको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उपसभापति बडूवालले भनेका छन् , “यो कारबाही विधिसम्मत नरहेको जानकारी गराउन चाहन्छु । अनुशासन समितिमा सामान्य जानकारी समेत नगराई सभापतिको एकल निर्णयले कसैलाई पनि निलम्बन गर्न पाइँदैन । पार्टी विधानको बर्खिलापमा अनुशासन समितिको मानमर्दन हुने गरी गरिएको एकल निर्णयले सभापतिलाई नै अनुशासनको कारबाही किन नगर्ने भन्ने प्रश्न उब्जिएको छ ।” उपसभापति बडूवालले जारि गरेको विज्ञप्ति भनिएको छ ।विधिविपरीत कारबाही गरेको भन्दै विवादमा तानिएका पार्टी सभापतिविरुद्ध उपसभापतिले अर्को विज्ञप्ति जारी गरेपछि कांग्रेस भित्रको विवाद छताछुल्ल भएको छ ।
यस्तै नेपाली कांग्रेसका कैलाली जिल्ला सचिव नृप सुनारले पनि आफु कारवाहीको पक्षमा नहरेको फेसबुक मार्फत जानकारी गराएका छन् । साउन २२ गते जिल्ला सभापतिलाई भेटेर तपाईंले गर्नु भएको कार्बाहीको निर्णय गतल भएको भन्दै असहमती जनाएको सचिव सुनारले फेसबुक मार्फत भनेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्