एसीसी इमर्जिङ टिम्स एसिया कप :नेपालले आज भारत ‘ए’ सँग खेल्दै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

एसीसी इमर्जिङ टिम्स एसिया कप :नेपालले आज भारत ‘ए’ सँग खेल्दै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२
  • सुन्नुहोस् 
780   
एसीसी इमर्जिङ टिम्स एसिया कप :नेपालले आज भारत ‘ए’ सँग खेल्दै

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्दैछ ।

श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ। नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो ।

त्यस्तै, भारतले यूएई ‘ए’ लाई ८ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि यूएईको ‘ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा यूएई, पाकिस्तान र भारतको ‘ए’ टोली छन् ।

त्यस्तै, समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार