धनगढी । भारतबाट घर फर्किदै गरेका नेपालीहरु बिचबाटोमै अलपत्र परेका छन् । वर्षातका कारण कारण सडकमा ब्यापक मात्रामा डुबानका कारण यातायात अबरुद्ध हुँदा नेपालीहरु अलपत्र परेका हुन् ।नेपाल –भरत सीमा नाका गौरीफन्टा हुँदै नेपाल आउन लागेका सयौँ नेपालीहरु भारतको बिभिन्न स्थानमा अलपत्र परेको भारतको पलियाबाट पत्रकार शिशिर शुक्लाले फूलवारी खबरलाई जानकारी दिएका छन् ।
उनका अनुसार बिगत तीन देखी सडक डुबान हुँदा सयौँ नेपाली यातायात सुचारु नहुँदा अलपत्रमा परेका छन् । भारतको पलिया सम्पुर्णानगर,बरेली , मैलानी लगाएका स्थानमा अलपत्रका परेका छन् । उनीहरूलाई बुधबार साँझ प्रशासनको पहलमा नेपाल पठाउने तयारी समेत थालिएको पत्रकार शुक्लाले बताए ।
अलपत्र परेका नेपालीहरु भोकभोकै रात काट्न बाध्य भएको पत्रकार शुक्लाले बताए ।भोकै बस्न बाध्य भएका नेपालीहरुलाई आफुले सकेअनुसार खानको ब्यबस्था गरेको पत्रकार शुक्लाले बताए । रोजगारका लागि दैनिक गारीफन्टा नाका हुँदै सयौँ नेपालीहरु अवात–जावत गर्ने गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्