बाजुरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा आन्तरिक विशेष अभियानका केन्द्रीय प्रतिनिधी नृपबहादुर वडले काँग्रेसले संचालन गरेको अभियान पार्टीको सुदृढीकरण र पार्टीका भातृ तथा शुभेच्छुकहरुको अवस्था बुझ्ने गरी कार्यक्रम गरेको बताएका छन् ।
बुधबार नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य वडले टोल, वडा र पालिकामा जनताका समस्या र उनीहरुका गुनासालाई सुनेर पार्टीले गर्ने आगामी रणनीति सहित केन्द्रीय समितिको बैठकले आन्तरिक विशेष अभियान संचालन गरेको बताए ।
उनले पत्रकार सम्मेलनमा काँग्रेसले मिडियालाई स्वतन्त्रता बनाउन नेतृत्व गरेको बताए । काँग्रेसले वडा वडामा विद्यालय, स्वास्थ्यबत्ती पु¥याउने अभियान समेत ल्याएको केन्द्रीय सदस्य वडले दाबी गरेका छन् । देशको समृद्धीका लागि रोजगारी, शिक्षा, कृषि र विकास निर्माणमा आन्दोलन गर्न आवश्यक रहेको जिकिर गरेका छन् । नेपाल प्रेस युनियन बाजुराका कार्यबहाक अध्यक्ष जयबहादुर रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाली काँग्रेस सहमहामन्त्री तथा प्रतिनिधी सभा सदस्य बद्री पाण्डे प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस बाजुराका सभापति रामसिं रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्यद्धय पदमबहादुर शाही, जुना दानी लगायत अतिथी रहेका थिए । युनियनका जिल्ला कार्य समिति सदस्य मीनबहादुर खड्काले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष जनक बोहराले गरेका हुन् । कार्यक्रममा जिल्ला स्थित विभिन्न संचार माध्यमका पत्रकार र काँग्रेसका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्