हामि संग जोडिनुहोस

देश/प्रदेश

कर्णालीको कोट, कर्णालीकै झोलामा बजेट

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२
  • सुन्नुहोस् 
339  
Banner

 सुर्खेत । कर्णाली प्रदेशका अर्थमन्त्री महेन्द्र केसीले कर्णालीमा उत्पादित कोट र कर्णालीमै बनेको झोलामा नयाँ बजेट प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री केसीले शनिबार आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि बजेट प्रस्तुत गर्दा स्थानीय कोट र झोला प्रयोग गरेका हुन् ।

अर्थमन्त्री केसीले प्रयोग गरेको कोट र झोला कर्णालीमै उत्पादन भएको अल्लो र बजेट भाषणको पुस्तिका बोक्ने झोला पनि कर्णालीकै स्थानीय उद्योगमा निर्माण भएको हो । उनले प्रयोग गरेको झोला स्थानीय व्यापारी उदिराम डाँगीको उद्योगमा निर्माण भएको बताइएको छ ।

उनले प्रदेशको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अल्लोबाट उत्पादन भएको र स्थानीय उद्योगमा उत्पादित झोलामा बजेट ल्याएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्