हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा सात मन्त्रीले लिए शपथ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-३०
  • सुन्नुहोस् 
615  
Banner

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप सात मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । यसअघि डेढ महिनादेखि मुख्यमन्त्रीसहित तीन सदस्यीय सरकार मात्र रहेको थियो । 

अब मन्त्रीपरिषद १० सदस्यीय भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विस्तार गरेको मन्त्री परिषदका सदस्यलाई सोमबार प्रदेश प्रमुख नजिर मियाले एक समारोहबिच पद तथा गोपनियताको शपथग्रहण गराए । 

शपथग्रहण गर्नेमा नेकपा ९एमाले० का सुरेन्द्र पाल आर्थिक मामिला र नेकपा ९माओवादी केन्द्र० का ओमविक्रम भाट सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएको छ ।   यस्तै, एमालेका वीरबहादुर थापा, हिरासिंह सार्की, माओवादीका अक्कल रावल, लक्ष्मी विक र नेकपा ९एकीकृत समाजवादी० का माया पन्तले तत्काललाई विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरे। 

यसअघि नागरिक उन्मुक्ति पार्टीका क्रमशः कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त भइसक्नु भएको छ ।

स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उहाँले मन्त्री धेरै भएको र मन्त्रालय फुटाइनु ठिक नहुने भन्दै शपथग्रहण गर्न तयार हुनु भएन ।  

एकीकृत समाजवादी दलका नेता समेत रहनु भएका मुख्यमन्त्री सोडारीले सहमतिमा भौतिक पूर्वाधार, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्र्याउने तयारी गर्नुभएको छ । सुदूरपश्चिममा विगतमा सात मन्त्री र चार राज्यमन्त्रीसम्म बनाउने गरिएको थियो ।

डा. जोशीले शपथग्रहण नगरेपछि उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सोडारीले आफै लिनुभएको छ ।  

मुख्यमन्त्री सोडारीले सपथग्रहण कार्यक्रमपछि संक्षिप्त प्रतिक्रिया दिदै अब सरकारलाई काम गर्न सहज हुने बताउनुभयो । शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री सोडारी, सभामुख भीमबहादुर भण्डारी, मन्त्रीहरु, पूर्व मुख्यमन्त्रीहरु, अन्य सदस्यहरुको उपस्थिति थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्