धनगढी। नेपाली काँग्रेसका युबा नेता लोकराज पाण्डे आगोलाई पार्टीले कार्बाही गरेको छ। नेपाली काँग्रेस गोदावरी - १ कैलालीका क्षेत्रीय प्रतिनिधि पाण्डेयलाई पार्टीको जिल्ला कार्यसमितिले पदीय जिम्मेवारीमा बसेर पार्टी हित विपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको छ।
साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिएको कांग्रेस कैलालीका सभापती नारायण दत्त भट्टद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमिति कैलालीले जनाएको छ। उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जनाएको छ। पाण्डे कांग्रेस कैलाली(४ का पुर्ब क्षेत्रिय सचिब हुन ।
तपाइको प्रतिक्रिया दिनुहोस्