हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बैतडी यू–१९ सुदूरपश्चिम छनौटको फाईनलमा प्रवेश

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-२६
  • सुन्नुहोस् 
552  
Banner

बैतडी । वाई वाई यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा बैतडीले फाईनलमा प्रवेश गरेको छ ।शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा डडेल्धुरालाई पराजित गर्दै बैतडी फाईनलमा प्रवेश गरेको हो ।

जिल्लालाई फाईनलमा पु¥याउन कप्तान नरेन भट्टले अलराउण्ड प्रर्दशन गरेका थिए । समूह ए मा रहेको बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगेको हो ।

अन्तिम खेलमा डडेल्धुरामाथि बैतडीले ४ विकेटको जित निकाल्यो । डडेल्धुराले दिएको १०९ रनको लक्ष्य बैतडीले २७।४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।जसमा कल्पेश चन्दले २६, दीपेश बोहराले १९ र कप्तान नरेन भट्टले १६ रनको योगदान गरे । डडेल्धुराका किरन देउवाले ३ र निरज ऐरले २ विकेट हात पारे ।त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुरा २६ ओभरमा १०८ रनमा अलआउट भयो । उसका राजेश ऐरले ४१, सचिन साउदले २० रन बनाए ।

बैतडीका लागि कप्तान नरेन भट्टले ३ विकेट झारे । उनि खेलको म्यान अफ द म्याच समेत भए । यस्तै सचिन भट्ट र आकाश चन्दले १र१ विकेट लिए ।

लगातार ३ खेल जित्दै समूह ए बाट अंकतालिकाको शिर्ष स्थानमा रहदै फाइनल पुगेको बैतडीले उपाधिका लागि समूह बी को शिर्ष टोलीसंग भिड्नेछ । समूह बी का खेल भोलिदेखि र फाइनल खेल असार १ गते हुनेछ ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिए । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो ।


तपाइको प्रतिक्रिया दिनुहोस्