हामि संग जोडिनुहोस

सूचना-प्रबिधि

यस वर्षको मनसुन छिटो भित्रिने संकेत

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-१९
  • सुन्नुहोस् 
1.09K  
Banner

काठमाडौं । यस वर्षको मनसुन नेपालमा सरदर मितिभन्दा छिटो भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुले बताएका छन् ।

मनसुन भारतसम्म आइसकेको छ । केरलाबाट भारत भित्रिएको मनसुन उत्तरपूर्वी क्षेत्रसम्म फैलिएको छ ।भारतमा सरदर मितिभन्दा दुई दिन अगाडि नै मनसुन भित्रिएको र उत्तरपूर्वी क्षेत्रमा फैलिइसकेकाले नेपालमा पनि छिटो मनसुन भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले भने, ‘नर्थइस्ट इण्डियामा मनसुन फैलिसकेकाले नेपालमा पनि अलि छिटो आइपुग्छ कि भन्ने अनुमान मात्र हो । तर प्रारम्भिक संकेतकै आधारमा ठोकुवा गर्न भने सकिँदैन ।’

जलवायुका विज्ञ डा। धर्मराज उप्रेती दुई दिन अगाडि नै भारतको केरलामा र ६ दिन अगाडि नै आसाम, मेघालयसम्म मनसुन फैलिनुलाई नेपालमा छिटो मनसुन भित्रिने संकेतको रुपमा लिन्छन् । उनका अनुसार मनसुन सरदरमा केरलामा जुन १ तारिख र आसाम मेघालयमा जुन ५ तारिखसम्म पुग्ने गर्दथ्यो । तर यस वर्ष छिट्टै भित्रिएको बताउँदै उनले भनेका छन्, ‘यो वर्षा करिब एक हप्ता अघि नै भारतको आसाम पुग्नुको अर्थ नेपालमा पनि एक हप्ता अघि नै पुग्ने सम्भावना बढेको छ ।’

तर मनसुन छिटो र ढिलो भित्रिनुमा अरु विभिन्न प्रणालीहरुमा भर पर्ने मौसमविद झा बताउँछन् ।मनसुन हिन्द महासागर र बंगालको खाडीबाट बहने हावा हो । नेपालमा ६ महिना साउथ वेष्ट ९पश्चिमी वायु० र अर्को ६ महिना नर्थ इस्ट ९पूर्वी वायु० चल्छ । सामान्य रुपमा बुझ्दा मनसुन भित्रिनलाई पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्छ ।

यदि पश्चिमबाट हावा बढी आइदियो भने मनसुनी वायु अगाडि बढ्न पाउँदैन । तर पूर्वबाट हावा बढी आइदियो भने पश्चिमी वायु पछि हट्छ र मनसुन प्रवेश गर्छ ।


‘मनसुन छिटो र ढिलो हुनुमा पाकिस्तानमा हिट लो कति शक्तिशाली छ भन्ने कुरामा पनि भर पर्छ,’ मौसमविद झा भन्छन्, ‘त्यहाँ तातो हावा हुने भएकाले खाली ठाउँ बन्छ र बंगालको खाडीबाट छिटो हावा आउँछ अनि मनसुनी वायु पछि छिटो नेपालतिर सर्छ । यस्ता पाँच–छ वटा फिचर्स छन् । सबैको आ–आफ्नो रोल हुन्छ । जसको बढी प्रभाव भयो, त्यतातिर नै तानिने÷मोडिने हुन्छ ।’

मौसमविद झा आफूहरुले मनसुनलाई नजिकबाट नियालीरहेको भन्दै त्यसको प्रगतिबारे बुलेटिन जारी गरेर जानकारी गराउने बताउँछ्न् ।

यस वर्ष मनसुन छिटो नेपाल आएमा चर्को गर्मीबाट राहत मिल्ने छ । तर यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएकाले क्षति पनि बढी हुन सक्ने चिन्ता छ । विपद विज्ञसमेत रहेका डा। उप्रेती भन्छन्, ‘मनसुनले अहिलेको गर्मी अनि खेती प्रणालीमा राम्रो हुनेछ तर औसतभन्दा बढी पानी पर्ने भएकाले बाढी– पहिरोको जोखिम बढी हुने छ ।’

त्यसैले विपद् विज्ञहरूले सम्भावित क्षतिबाट जोगिन सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्