हामि संग जोडिनुहोस

सुदूरपश्चिम

झिनो मतान्तरले पराजित काँग्रेसका उमेदवार सिंह मतदातालाई धन्यवाद दिन घरदैलोमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-२२
  • सुन्नुहोस् 
714  
Banner

धनगढी । बझाङमा बैशाख १५ गतेको भएको उपनिर्वाचनमा पराजित भएका नेपाली काँग्रेसका उमेदवार अभिषेकबहादुर सिंह मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुगेका छन् ।

बझाङ क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका सिह आफु पराजित भएपनि आफ्ना मतदाताले दिएको मतको कदर गर्दै धन्यवाद दिन घरदैलोमा पुगेको बताएका छन् । निर्वाचनमा एमालेका दिमन भण्डारीले ११ हजार ६ सय १२ ल्याई बिजयी भएका थिए भने काँग्रेसका अभिषेकबहादुर सिह ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए । सिह २ सय ६६ मतले भण्डारी संग पराजित भएका थिए । सिहले आफ्ना बुवा पृथ्वीबहादुर सिहको निधन भएपछि सो निर्वाचन क्षेत्रमा निर्वाचन लडेका थिए । सिहको बुवा र मुवाको सवारी दुर्घटनमा निधन भएको थियो ।

आफु पराजित भएपछि काँग्रेसका उमेदवार सिहले आफुलाई विश्वास गरी मतदिने मतदातालाई धन्यवाद दिने कार्यक्रम बनाएको बताएका छन् । ‘म पराजित भएको हु तर, मलाई मत दिने जनतालाई मैले अवमुल्यन गर्न मिल्दैन’ सिहले भने– ‘मलाई जिताउन मत दिएका मतदातालाई म सम्मान गर्छु ।’ आफु निर्बाचनमा पराजित नभई उपबिजेता भएको भन्दै मतदान गर्ने मतदाताहरुलाइ धन्यबाद ज्ञापन गर्न बिहिबार जिल्लाको तल्कोट गाउपालिका र मष्टा गाउपालिका मतदातालाई धन्यवाद दिन पुगेका छन् ।


आफुले बुबा आमा गुमाएको समयमा जनता अभिभाबक भएर मतदान गरी दिएको भन्दैे उहा निर्वाचन क्षेत्र नः १ का विभिन्न पालिकाका र वडामा पुगेर धन्यवाद ज्ञापन गर्न अभियन सुरु गरेका छन् । उनी निर्वाचनमा पराजित भए पनि पुन मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिका र वडाहरूमा पुग्ने भएका छन् ।


निर्वाचनमा झिनो मतान्तरले पराजय भए पनि जनताले आफ्नो पार्टी र आफुलाई दिएको मतको सम्मान गर्न आफूहरू जनताका बिचमा आएको युवा नेता सिहको भनाइ छ । निर्वाचन जितेपछि वा पराजय भएपछि जनताका बिचमा नआउने गुनासो लाई सम्बोधन गर्न समेत घर भेट तथा धन्यवाद कार्यक्रम गरिरहेको उनको भनाइ छ ।बझाङ क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार अभिषेक बहादुर सिहले कर्मको फल आफ्नो नियन्त्रणमा नरहेको बताएका छन्। मतदातालाई धन्यवाद दिँदै कर्मको फल आफ्नो नियन्त्रणमा नरहेको र त्यसलाई सहज रुपमा ग्रहण गर्ने बताए । मतदाताले देखाएको सहयोगले आफू सदैब ऋणी भएको पनि बताएका छन् ।

२ सय ६६ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिले भन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु उनलृ भने ‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु उनको भनाइ छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्