धनगढी। राम नवमीको अवसरमा सागर युवा क्लबले वृहत फुटबल प्रतियोगिताको आयोजना गरेको छ । बिभिन्न १६ क्लबको सहभागिता रहेको प्रतियोगिता धनगढी -१४ स्थित क्लबको खेल मैदानमा आज देखि सुरु भएको हो । प्रतियोगिता आगामी बैशाख ६ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता र उप विजेताले क्रमश ५५ हजार र ३० हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
यस्तै एक समारोहका बिच प्रतियोगिताको उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा पूर्व प्रदेशसभा सदस्य नेपालु चौधरी प्रमुख अतिथि रहेका थिए । क्लबका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिकाका कार्यापालिका सदस्य चक्र नेपाली विशिष्ट अतिथि रहेका थिए । उद्घाटन समारोहमा क्लबका सल्लाहकार रामचन्द्र चौधरीले स्वागत गरेको समारोहको सञ्चालन क्लबका सचिव यम लामिछानेले गरेका थिए । बिभिन्न क्षेत्रका अतिथि रहेको उद्घाटनमा बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
यस्तै आज न्युबृथ्बी युवा क्लब (ए)र ईलाईट युवा क्लब बिच पहिलो उद्घाटन खेल भएको थियो । जसमा २ ० गोल अन्तरले ईलाईट युवा क्लबले बिजयी सुरुवात गरेको छ । क्लबले हरेक वर्ष रामनवमीको अवसरका फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्