नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान सुरु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान सुरु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२१
  • सुन्नुहोस् 
741   
 नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान सुरु

काठमाडौँ । नेपाली कांग्रेसको संगठन सुदृढीकरण अभियान आजदेखि सुरु हुँदैछ । अभियानका लागि केन्द्रीय नेताहरु जिल्ला जिल्ला पुगेका छन् । शनिबारदेखि सुरु हुने अभियान १० दिनसम्म चल्नेछ । केन्द्रीय कार्यसमितिको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । 

सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शनिबारदेखि १६५ वटै निर्वाचन क्षेत्रमा संगठन सुदृढीकरण अभियान प्रारम्भ हुने बताए । ुयो हाम्रो पार्टीको संगठन सुदृढीकरणको अभियानमात्रै होइन, पोलिटिकल अडिट पनि हो, उनले भने ।अभियानको प्रारम्भको सन्दर्भमा शनिबार देशभरि क्षेत्रीय कार्यसमितिहरुले बैठक, भेला र छलफल कार्यक्रमहरु आयोजना गरेका छन् ।

कांग्रेसको संगठनलाई मजबुत बनाउन हामीले केन्द्रीय कार्यसमितिबाट एक वर्षे कार्ययोजना नै पारित गरेका छौं । त्यहीअनुसार यो दश दिने संगठन सुदृढीकरण अभियान सुरु भएको छ,ु प्रचार विभाग प्रमुख विश्वकर्माले भने,ुयो अभियानमा कांग्रेसको सांगठनिक जीवन कसरी चलिरहेको छ ? भनेर जानकारी लिने र कमजोरीहरु औंल्याउने काम हुन्छ । यसकारण पनि यो हाम्रो पोलिटिकल अडिट हो ।

अभियानका लागि कतिपय जिल्लामा केन्द्रीय नेताहरु पुगिसकेका छन् भने कतिपय जिल्लामा नेताहरु पुग्नेक्रम छ । संगठन सुदृढीकरणका लागि आन्तरिक रुपमा यो दश दिने अभियानपछि भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

पहिलो चरणको अभियानका लागि कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ । अभियानका क्रममा नेताहरुले पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक राख्ने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको अवस्थाबारे जानकारी लिने र छलफल गर्नेछन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार