हामि संग जोडिनुहोस

सुदूरपश्चिम

कांग्रेसले बझाङमा अभिषेकलाई उम्मेदवार बनाउने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१२-२३
  • सुन्नुहोस् 
555  
Banner

धनगढी । नेपाली कांग्रेसले बहुप्रतिक्षित बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पुराना नेता जगतप्रसाद जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र नेता शेखर कोइरालाले जोशीको नाममा अडान लिएका थिए ।

सो क्षेत्रमा एमालेले जिल्ला अध्यक्ष दमन भण्डारी र एकीकृत समाजवादीले दीलबहादुर सिंहलाई उम्मेदवार बनाइ सकेको छ । माओवादीले भने अझै उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।यद्यपी प्रदेश कमिटीको सचिवालयले प्रदेश सचिव जनक बुढाको नाम सिफारिस गरिसकेको छ । माओवादी र एमालेबीच तालमेल हुने चर्चा पनि चल्दै आएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्