हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बैतडीमा कोदालो प्रहार गरेर श्रीमतीको हत्या

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१२-९
  • सुन्नुहोस् 
321  
Banner

बैतडी ।  बैतडीमा एक जनाले कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ धामी गाउँका ६२ वर्षिय कृष्ण धामीले कोदालोले हिर्काएर आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन् । यस्तै घरमा डेरा गरेर बसेका माथि पनि उनले हातपात गरेका बताइएको छ ।

घरमा डेरा गरेर बसेका गाउँपालिकाका कर्मचारी सुबास कलौनी र कार्यालय सहयोगी देव राज भट्टलाई पनि कोदालोले हिर्काएका हुन् । कोदालोले हिर्काउँदा दुवै कर्मचारी गम्भीर घाइते भएका जनाएको छ ।

 बिहीबार बिहान ९ बजे कृष्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका तिनै जनालाई उपचारका लागी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा श्रीमतीको बाटोमै मृत्युु भएको हो । यस्तै गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागी अन्यत्र लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

कोदालो प्रहार गर्ने धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्