सुदूरपश्चिम
सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले गरे पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाँले पदभार ग्रहण गरेका छन्। शुक्रबार उनले प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्।पदभार ग्रहणपछि उनले प्रदेशको काम इमान्दारिताका साथ गर्ने प्रतिवद्धता गरे । मियाँले आफूले सुदूरपश्चिमबाट जाँदा सबैले राम्रो काम गर्यो भन्ने वातावरण बनाउन कोसिस गर्ने बताए।नेपाल मुस्लिम इत्तेहाद संगठनका पूर्व अध्यक्षसमेत रहेका नजीर मियाँ, लोकतान्त्रिक गणतन्त्रको मुश्लीम समुदायबाट पहिलो प्रदेश प्रमुख हुन्।
सोमवार सरकारले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको थियो। बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश नियुक्त गरेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्