हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बडिकेदार गाउँपालिकाको प्रशासनिक भवनको मुख्यमन्त्री शाहाद्धारा उद्घाटन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२५
  • सुन्नुहोस् 
465  
Banner

दिपायल। अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आएको डोटीको बडीकेदार गाउँपालिकाको  सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहाले  एक कार्यक्रमका बिच भवनको उद्घाटन  गरेका हुन् ।डोटीको बडिकेदार गाउँपालिकाको  सुविधासम्पन्न प्रशासनिक भवनको उद्घाटन गरिएको छ । 

काठमाडौँको सिंहदरबार संघियतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन्। जनतालाई सेवा सुविधामा सरलता प्रदान गर्नका लागि  निर्माण भएको भवनको सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमलबहादुर शाहाले उद्घाटन गरे । 

बडिकेदार गाउँपालिकाको नवनिर्मित भवनबाट जनताले सहज रुपमा सेवा पाउने र पालिकाको समग्र बिकासको लागि प्रतिबद्ध रहेको सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमलबहादुर शाहाले बताए ।  ै पछिल्लो पटक हामी स्थिर सरकारको पक्षमा छु,सबै प्रदेशमा रहेका दलहरुसँग मैले छ्लफल अगाडी बढाएको छु । हिजोको निर्वाचनमा हामी जसरी जनताका बिचमा स्थिर सरकार बनाउने छौ भन्ने बाचा गरेका थियाँै । त्यसको पुर्ण कार्यान्वयनमा सरकार अगाडि बढिरहेका बेला केही परिवर्तनका संकेत देखिएका छन् । यसमा पनि हामीले सबैसँग प्रदेशको समृद्धि बिकासका लागि स्थिर सरकार अहिलेको आवश्यकता रहेकाले त्यसका लागि आफुले पहल थाली सकेको उनको मुख्य मन्त्री शाहको भनाई छ ।

समग्र बडिकेदार गाउँपालिकाको समस्याहरु राख्दै बडिकेदार धामको बिकाससंगै सहजपुर बोगटान सडक , थप कालोपत्र बडिकेदार गाउँपालिकामा  युद्धपार्कबाट थप बिकास गर्न पहल गरिने सुदुरपश्चिम् प्रदेश सभा सदस्य शिव सिंह ओलिले बताए ।

३ तले पक्कि भवनको प्राबिधिक स्टमेट भएपनि हाल लाई दुई तला मात्र निर्माण गरिएको छ । 


बडिकेदार गाउँपालिका कृषि लगायत समग्र क्षेत्रमा प्रचुर सभावना बोकेको पालिकाको हो । कृषि र पर्यटनबाटै पालिकाको बिकास गर्न सकिने बडिकेदार गाउँपाकिकाका अध्यक्ष भैरब बहादुर साउदले बताए । 

२०७८ असारमा गाउँपालिकाले निमार्ण कम्पनी सनलाईट कन्स्ट्रक्सन प्रालि अछाम सगं ३ करोड ५७ लाख ४७ हजार ७ सय २८ रुपैया ९३पैसा भ्याट सहित  सम्झैता गरेको थियो । 

भवन निर्माण सम्पन्न भए पनि भवनको माथिल्लो तला निर्माण गर्नु पर्ने छ । पालिकाका ग्रामीण भेगमा अहिले पनि  स्तरीय सडक पुग्न सकेका  छैन । यी समस्यालाइ प्रदेश र केन्द्र सरकारबाट समधानको लागि सहयोग गरिदिन बडिकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बताईन् । 

नयाँ प्रशासनिक भवनपछि यहाँका कर्मचारीहरु नयाँ जोस उमंगका साथ काम गर्ने र जनतालाई स्तरीय छिटो छरितो सेवा प्रदान गरिने बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्यौपानेले बताए । 


तपाइको प्रतिक्रिया दिनुहोस्