हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदुरपश्चिममा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२४
  • सुन्नुहोस् 
387  
Banner

धनगढी। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।केन्द्रमा सत्ता समीकरण बदलिएसँग सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्तीमा परेका थिए । मंगलबार मुख्यमन्त्री कमलबहदुर शाहले मन्त्री बर्खास्त गरेपछि माओवादीले आज समर्थन फिर्ता लिएको हो ।

सुदूरपश्चिममा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । यी दुई दलले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्छ ।सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा ९एकीकृत समाजवादी० का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्