हामि संग जोडिनुहोस

राजनीति

सुदूरपश्चिममा माओवादीका मन्त्री वर्खास्त, गठबन्धन जोगाउन मुख्यमन्त्री छाड्न तयार छौ: मुख्यमन्त्री शाह

  • Logo
    दिपक बम
  • Logo
    २०८०-११-२३
  • सुन्नुहोस् 
990  
Banner

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले गठबन्धन जोगाउन मुख्यमन्त्रीको पद छाड्न तयार रहेको बताएका छन् । मंगलबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गदै उनले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीसंगको गठबन्त्रन जोगाउन मुख्यमन्त्री छोडन कांग्रेस तयारको बताए ।  

केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन टुतेसंगै एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् । 

सुदूरपश्चिममा नाउपा र नेकपा(एस) को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । यता सरकार गठनका लागी निर्णयक बनेको नागरिक उन्मुक्ति पार्टिले मुख्यमन्त्रीको दावी गर्दै आएको छ । प्रदेशको विकाका लागी पद मात्रै ठुलो नभएको बताउदै उनले गठबन्धन जोगाउन कांग्रेस मुख्यमन्त्री पद छोड्न तयार रहेको बताएका हुन् । 

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एक सिटमा उपनिर्वाचन हुन बाकी छ । 



तपाइको प्रतिक्रिया दिनुहोस्