नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ गर्दै नेपाल - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ गर्दै नेपाल

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२३
  • सुन्नुहोस् 
597   
नेदरल्यान्ड्सविरूद्ध ब्याटिङ गर्दै नेपाल

काठमाण्डौ । नेदरल्यान्ड्सबीचको टी–२० सिरिजको उपाधिका लागि आज घरेलु टिम नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । टिममा नेपालले कुनै परिवर्तन गरेको छैन। सन्दीप जोरा, ललित राजवंशी, अनिल साह र विवेक यादव आज पनि बेञ्चमा छन्।

फाइनलमा भिड्दा नेपालले आइसिसी टी–२० विश्वकपअघि नेदरल्यान्ड्सलाई जाँच्ने अवसर पाउँदैछ । आगामी जेठमा हुने आइसिसी टी–२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्।

नेपालमा भएको टी–२० सिरिजको लिग चरणमा सबै टिमको चार–चार खेलपछि अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दै फाइनलमा स्थान बनायो। चार अंक जोडेको नेपाल समूहमा दोस्रो हुँदै फाइनलमा पुग्यो।

नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो। नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको थियो। लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार