फाइनलमा मंगलवार नेपाल र नेदरल्यान्ड्स भिड्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

फाइनलमा मंगलवार नेपाल र नेदरल्यान्ड्स भिड्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२१
  • सुन्नुहोस् 
732   
फाइनलमा मंगलवार नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाण्डौ । त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा मंगलवार नेपाल र नेदरल्यान्ड्स भिडने भएका छन् । अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहदैँ फाइन प्रवेश गरेको हो ।

नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाको कारण रद्द भएपछि अंकको आधारमा नेदरल्यान्ड्स फाइनल प्रवेश गर्न सफल भयो । यससँगै फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल भने लगातार दुई खेल जित्दैँ फाइनल पुगेको हो ।

घरेलु मैदान र दर्शकहरुको साथमा नेपाल मंगलवार टि–२० सिरिजको उपाधि जित्न चाहन्छ । त्यस्तै नेदरल्यान्ड्स पनि नेपाललाई घरेलु मैदानमै हराएर टि–२० सिरिजको उपाधि जित्ने दाउमा हुनेछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार