गौरीगंगा गोल्ड कप फुटबलको खेल तालिका परिवर्तन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

गौरीगंगा गोल्ड कप फुटबलको खेल तालिका परिवर्तन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२१
  • सुन्नुहोस् 
852   
गौरीगंगा गोल्ड कप फुटबलको खेल तालिका परिवर्तन

धनगढी । कैलालीको गौरीगंगामा आयोजना हुने गौरीगंगा गोल्ड कप फुटबलको खेल तालिका परिवर्तन भएको छ । फागुन १९ देखि सुरु हुने भनिएको प्रतियोगिता बर्षाका कारण फागुन २२ गते देखि हुने आयोजक समितीले जनाएको छ । 

क्लवका अध्यक्ष दिनेश कलेलद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा मौसम प्रतिकुल भएका कारण फागुन १९ देखि २८ गते सम्म हुने भनेको प्रतियोगिताको तालिका हेरफेर गरिएको उल्लेख छ । प्रतियोगिता फागुन २२ देखि चैत्र १ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

चौथो संस्करणको प्रतियोगितामा विजेताले ६ लाखसहित ट्रफि, मेडल पाउने जनाइएको छ । उपविजेताले ३ लाख, ट्रफि, मेडल पाउनेछन् । उत्कृष्ट खेलाडीले ५० हजार, प्रत्येक विधाका उत्कृष्ट खेलाडीले १५–१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने पाउनेछन् । गौरीगङ्गाको लिक्मा खेलमैदानमा हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन ।




तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार