रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट गायिका सिराडी सम्मानित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट गायिका सिराडी सम्मानित

  • Phulbari Khabar Logo
    दिपक बम
  • Logo
    २०८०-११-१८
  • सुन्नुहोस् 
2.19K   
रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट गायिका सिराडी  सम्मानित  : Phulbari Khabar

धनगढी  । लोकदेउडा गायिका कृष्णा सिराडी रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सम्मानित भएकी छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा गायिका सिराडी सम्मानित भएकी हुन्।

Phulbari Khabar

रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० मा विभिन्न कलाकार हरू सम्मानित भएका थिए । सोही अवार्ड  सुदूरपश्चिमकी लोक देउडा गायिका कृष्ण सिराडीले पाएकी हुन ।

उनले राष्ट्रिय स्तरको म्युजिक अवार्ड पाउँदा निकै खुसी लागेको बताएकी छन्। राष्ट्रिय स्तरको रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सम्मानित हुँदा सुदूरपश्चिमको भाषा, संस्कृतिप्रति थप प्रेरित गरेको गायिका सिराडीको भनाई छ । संगितिक क्षेत्रमा लागेको ९ वर्ष हुनै लाग्दा उनले विभिन्ना अवार्ड तथा सम्मान पाइसकेकी छन ।

Phulbari Khabar

अहिले सम्म सयौं गितहारुमा आवाज भरिसकेको उनले बताइन । आफुले गाएका लोक देउडा गीतहरु दर्शक श्रोताले धेरै मन पराइदिएको उनि बताउँछिन् ।

आगामी दिनमा सुदूरपश्चिमको भाषा संस्कृतिमा रही देउडा गीतमा थप ससक्त भएर लाग्ने बताइन् । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च