भौतिक मन्त्री देउवालाई सर्बोदयको ज्ञापनपत्र - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

भौतिक मन्त्री देउवालाई सर्बोदयको ज्ञापनपत्र

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-१३
  • सुन्नुहोस् 
1.4K   
 भौतिक मन्त्री देउवालाई सर्बोदयको ज्ञापनपत्र

धनगढी ।सुदूरपश्चिमका भौतिक पूवाधार मन्त्री प्रकाशबहादुर देउवालाई  धनगढी १४मा रहेको सर्बोदय माद्यामिक बिद्यालयले ज्ञापनपत्र बुझाएको छ । शनिबार बिद्यालयको अनुगमन गरेका मन्त्री देउवालाई   बिभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो । 

बिद्यालय सम्म कालोपत्रे सडक , पर्खाल, सभाहल र छात्रा शौचालय निर्माण लगाएका माग पेस गरिएको हो । बिद्यालयका प्रधानाध्यापक जीतबहादुर चौधरी र ब्यबस्थापन समिातिका अध्यक्ष जगदीश चौधरीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।  बिद्यालयका प्रधानाध्यापक चौधरीले मन्त्री देउवालाई बिद्यालयको गतिबिधिका सम्बन्धमा जानकारी गराएका थिए।

मन्त्री देउवाको अनुगमनले बिद्यालयको शैक्षिक सुधारमा प्रदेश सरकारले सहयोग गर्ने आशा पलाएको स्थानीय यम लामीछानेले बताए ।ज्ञापनपत्र बुझ्दै मन्त्री देउवाले बिद्यालयको बिकासका लागि  आबश्यक पहल गर्ने प्रतिबद्धता ब्याक्त गरे । पछिल्लो समयमा बिद्यालयले शैक्षिक गतिबिधिमा फड्को मार्दै गएको  बताईएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार