धनगढी/ वडा अध्यक्ष फुटबल प्रतियोगितामा आयोजकफूलवारी– ११ स्पोर्टस् क्लबल धनगढी १४ र वडा नम्बर १२ फाईनलमा प्रबेश गरेका छन् । अयोजक धनगढी–१४ले वडा नम्बर–७ लाई ४।० गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तयगरेको हो । यस्तै धनगढी–१२ ले वडा नम्बर–१९लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेस गरेको हो ।
फाईनल खेल फागुन ४ गते सम्पन्न हुने अयोजक क्लबका अध्यक्ष महेस गोलेले जानकारी दिएका छन् । धनगढी–१४ स्थित फूलवरी– ११ स्पोर्टस् क्लबले अयोजना गरेको सो फुटबल प्रतियोगिता न्यू बुद्ध स्पोर्टस् युबा क्लबको खेल मैदानमा माघ २६ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा बिभिन्न १६ क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिजेता र उप–बिजेताले क्रमशः एकलाख एक हजार पाँच सय पछपन्न र पचाँस हजार पाँचसय पछपन्न नगद रकम पुरस्कार पाउने आयोजक अध्यक्ष गोलेले जानकारी दिएँ ।प्रतियोगितामा अन्य बिभिन्न बिधामा पुरुस्कार दिइने अयोजकले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्