धनगढीमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

धनगढीमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-४
  • सुन्नुहोस् 
780   
धनगढीमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

धनगढी । कैलालीको धनगढीमा धर्मदेव पशुपति स्मृति दोस्रो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि प्रतियोगिता हुने भएको हो । 

प्रतियोगितामा खुल्ला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरी तीन विधा समावेश गरिएको पुलिस पब्लिक ब्याडमिन्टन क्लबका अध्यक्ष चेतराज जोशीले जानकारी दिए ।

तीन वटै विधाका विजयी खेलाडीहरुलाई नगद २ लाख ४९ हजार पुरस्कार दिइने भएको छ । खुल्ला डबल्समा प्रथमलाई ६१ हजार, द्वितीयलाई ४१ हजार र तृतीयलाई ३१ हजार रुपैयाँ रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिने अध्यक्ष जोशीले बताए ।

४५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ४१ हजार, द्वितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार रुपैयाँ नगद तथा ५५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ११ हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल प्रदान गरिने उनले बताए । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार