काठमाडौं,१५श्रावण।केही दिनअघि नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक लाईभ गरेर चर्चा कामाए संगै अब नेकपा माओवादी केन्द्रले पनि बैठक लाईभ गर्ने जनाएको छ । १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको हो ।
बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं । त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ’, उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्