धनगढी। कैलालीको धनगढी-१४मा वडा अध्यक्ष फूटबल कप प्रतियोगिता सुरु भएको छ । फूलवरी- ११ स्पोर्टस् क्लबले अयोजना गरेको सो फुटबल प्रतियोगिता न्यू बुद्ध स्पोर्टस् युबा क्लबको खेल मैदानमा सुरु भएको हो । प्रतियोगिताको शुक्रवार धनगढी १४का वडाअध्यक्ष मानबहादुर बिष्टले एक कार्यक्रमका बिच उद्घाटन गरे । फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा बिभिन्न १६ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगितामा बिजेता र उप बिजेताले क्रमशः एकलाख एक हजार पाँच सय पछपन्न र पचाँस हजार पाँचसय पछपन्न नगद रकम पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष महेश गोलेले जानकारी दिएँ ।प्रतियोगितामा अन्य बिभिन्न बिधामा पुरुस्कार दिइने अयोजकले जानकारी दिएको छ ।
यस्तै आज धनगढी उपमहानगरपलिका- १४को सी टिम र धनगढी -१८ बिच पहिलो उद्घाटन खेल भएको थियो । जसमा १/० गोल अन्तरले धनगढी -१८ले जित हात परेको अध्यक्ष गोलेले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्