काठमाडौं । नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार खेलतालिका निकाल्दै सबै खेल त्रिवि क्रिकेट मैदानमा विहान सवा ९ बजे हुने जनाएको हो ।
क्यानका अनुसार दुई टोलीबीच पहिलो एकदिवसीय खेल ८ फेब्रुअरी, दोस्रो १० फेब्रुअरी र तेस्रो खेल १२ फेब्रुअरीमा हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरुपमा नेपालले यो सिरिज आयोजना गर्न लागेको हो।
सिरिजका लागि नयाँ अनुहार समेट्दै १५ सदस्यीय राष्ट्रिय टोलीसमेत घोषणा भइसकेको छ। क्यानडाविरुद्ध हुने तीन खेलको सिरिजमा ३ नयाँ अनुहारसहित ४ डेब्यु गर्न बाँकी रहेका खेलाडी टोलीमा रहेका छन्।
क्यानडा सिरिजका लागि नेपाल यू–१९ कप्तान देव खनालसहित तीव्र गतिका आकाश चन्द र विश्वकप गुमाएका हेमन्त धामी टोलीमा रहेका छन्। क्यानडा सिरिजका लागि पवन सर्राफ र अनिल शाहले टोलीमा पुनरागमन गरेका छन्।
त्यस्तै बागमती प्रदेशका बायाँ हाते बलर रिजन ढकाल र स्पिनर सूर्य तामाङ पनि टोलीमा छन् । देवबाहेक अन्य ४ युवा खेलाडीले भने ओडीआई डेब्यु गर्न बाँकी छ ।
क्यानडा सिरिज टोलीः
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द, अनिल शाह
तपाइको प्रतिक्रिया दिनुहोस्