हामि संग जोडिनुहोस

राष्ट्रिय

सिमानामा काँडेतार लगाउनु पर्छ भन्दै धनगढीमा चल्यो हस्ताक्षर अभियान

  • Logo
    दिपक बम
  • Logo
    २०८०-१०-२१
  • सुन्नुहोस् 
7.16K  
Banner

धनगढी । राष्ट्रवादी चलचित्र काँडेतारको च्यारिटी शोमा हस्ताक्षर संकलन गरिएको छ । भारतको सिमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लागाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको हो । 

भारतले गरिहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई दवाब स्वरुप काँडेतार चलचित्रको च्यारिटी शोमा सहभागीहरु बाट हस्ताक्षर संकलन गरिएको नायक तथा निर्देशक नवल खड्काको भनाई छ ।  च्यारिटी शोको हस्ताक्षर संकलनमा धनगढीका मेयर गोपाल हमालले समेत हस्ताक्षर गरेका छन् । 

राष्ट्रवादी तथा नेपाल-भारतको सिमा विवादमा अधारित चलचित्र काँडेतारको आज शनिबार धनगढीको एसटिएस सिनेमा हलमा च्यारिटी शो गरिएको थियो । च्यारिटी शोमा सुदूरपश्चिम प्रदेश सभा सदस्य जानकी ऐर, सन्तोसी थापा सर्मा, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, धनगढीका नगर प्रमुख गोपाल हमाल लागायतको सयौँ दर्शक रहेका थिए ।

हलबाट निस्कदै गरेका केहि दर्शकहरुले चलचित्र नभएर नेपालीहरुको वास्तवीकता भएको भनाई थियो । चलचित्र काँडेतार आउदो फागुन २५ गते देशभर प्रदर्शन हुदैछ । राष्ट्र र राष्टियताको भावना बोकेको काँडेतार चलचित्र फागुन २५ गते सबैले हेर्न नायक तथा निर्देशक खड्काले आग्रह गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्