धर्मराज जाेशी
म रोएको म हाँसेको,देख्न सक्छ्यौ र?
मेरा बारे केही कुरा लेख्न सक्छ्यौ र??
सक्यौ भने मेरी माया,तिमी मायालु
मलाइ बिझ्ने काँडा हरु,छेक्न सक्छ्यौ र??
आँधीहुरि बर्खे झरी,हिउँदे हुस्सु जीवन
बेहोसीमा लडेँ भने टेक्न सक्छ्यौ र??
सक्छ्यौ भने आउ वर ,समाउ बुढी औंला
जीवन भरका पीर ब्यथा थेग्न सक्छ्यौ र??