धनगढी । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।
त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको बताईएको छ ।सांसद चौधरीलाई ‘कोहलपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीतर्फ ल्याईदै गरेको प्रहरीले बताएको छ ।