फेरि पेट्रोलियम पर्दाथको मूल्य बढ्ने संकेत

काठमाडौं,२चैत। पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्न सक्ने संकेत देखिएको छ । भारतबाट पेट्रोलियम पदार्थको खरिद गर्ने मूल्य बढेर आएसँगै नेपालमा पनि फेरि मूल्य बढ्ने संकेत देखिएको हो ।
भारतबाट बुधबार मूल्य बढेर आएपनि नेपाल आयल निगमले भने अहिलेसम्म उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन ।
भारतीय आयल निगम ९आइओसी०बाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६।३७ रुपैयाँले बढेको छ । यस्तै डिजेल २४।४९ र हवाई इन्धन १८।८९ रुपैयाँ बढेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड रूपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ । निगमलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट पाँच अर्ब ३० करोड ९८ लाख रूपैयाँ घाटा हुने बताइएको छ ।
सो अवधिमा पेट्रोलको बिक्रीबाट एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट एक अर्ब २६ करोड ३७ लाख रुपैयाँ नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा भारतीय आयल निगमबाट बढेर मूल्य आएको निगमको भनाइ छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२।८१ र डिजेलमा ३६।४४ रुपैयाँ घाटा हुने देखिएको आयोगको भनाइ छ । तर, मट्टितेल, हवाइ इन्धनमा भने निगम अझै पनि नाफा मै छ । यस्तै एलपी ग्यासमा निगमलाई ६६५।३४ रुपैयाँ घाटा छ ।
निगमलाई मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टीतेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन ९आन्तरिक०बाट एक करोड १३ लाख र हवाई इन्धन ९अन्तर्राष्ट्रिय०बाट १७ करोड ५३ लाख रुपैयाँ नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मट्टितेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।
अबको १५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मट्टीतेल ७७० किलोलिटर, हवाई इन्धन ९आन्तरिक० दुई हजार ७७९ किलोलिटर, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २७८ सिलिण्डर खपत हुने निगमको आँकलन छ ।
काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टीतेलको प्रतिलिटर१३३, हवाई इन्धन ९आन्तरिक०को प्रतिलिटर १३६ रुपैयाँ, हवाई इन्धन ९अन्तर्राष्ट्रिय०को प्रतिलिटर अमेरिकी डलर १ दशमलव २९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ५७५ रुपैयाँ रहेको छ ।
सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ । सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टीतेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन ९आन्तरिक० मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० मा दुई रुपैयाँ आठ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ३० पैसा कर उठाउँदै आएको छ ।
भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर ९भ्याट० र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ ।
त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ ।