पार्टीलाई घात गर्ने काम कृपया नगरिदिनुहोला : सभापति भट्ट

धनगढी, २ फागुन । नेपाली काँग्रेस कैलालीका सभापति नारायण भट्टले पार्टी बिरुद्ध लाग्नेको हिसाव राख्ने बताएका छन् । पार्टीभित्र बसेर खुट्टा तान्ने काम गर्नुभयो कृपया माफ गर्नुहोला बरु अब उहाँहरुले आजैदेखि पार्टी छोडिदिनुहोस । नेपाली कांग्रेस कैलालीमा नवनिर्वाचित सभापतिसहित पदाधिकारीहरुले पदभारग्रहण कार्यक्रममा सभापपति भट्टले सो कुरा बताएका हुन् ।
सभापति भट्टले आफू सधैँ पार्टीको हितमा मात्र काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘म व्यत्ती कसैलाई मन पर्छु वा पर्दैन त्यो थाहा छैन । मलाई गाली गर्नुस वा जे मन लाग्छ त्यो भन्नुस तर, भोट हाल्ने दिन छातीमा हात राखेर म कांग्रेस हुँ भन्नुहोस’ उनले भने ‘यदि त्यस्तो गर्नुभएन । पार्टीभित्र बसेर खुट्टा तान्ने काम गर्नुभयो कृपया माफ गर्नुहोला उहाँहरुले आजैदेखि पार्टी छोडिदिनुहोस । अन्यथा मैले कसै साथीका बारेमा कलम चलाउनु नपरोस् । मेरो केही कमजोरी होला । कहिले काही गल्ती हुन सक्छ । कहिले काही कसैलाई अन्याय पनि हुन सक्छ । पार्टी हितका बारेमा सोचिदिनुहोला ।’
उनले आफना त्रुटी अहिल्यै सुधार्न सुझाव दिन आग्रह गर्दै भने ‘पार्टीलाई घात गर्ने काम कृपया नगरिदिनुहोला । मेरो अनुरोध छ । बैशाख ३० गते चुनाव आउँदै छ । त्यो हाम्रो मरण र जिवनको विषय छ ।’ उनले २०७४ को निर्वाचनमा पार्टीले अधिकांश ठाउँमा पराजय भोग्दा जनताले दुःख पाएको स्मरण गराए ।उनले कम्यूनिष्टहरुले राजनीतिका नाममा व्यापार गरिरहेको आरोप लगाए ।
‘कम्युनिष्टहरु भ्रष्टाचार गर्न र स्वार्थ पुर्तीका लागि एक ठाउँमा उभिन्छन’ उनले भने । उनले पार्टी अर्को विचारसँग लड्दै गर्दा एक ढिक्का हुनुपर्ने बताए ।
नेपाली कांग्रेस कैलालीमा नवनिर्वाचित सभापतिसहित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन्। बुधबार पार्टी कार्यालयमा जिल्ला कार्यसमितिको पदस्थापना कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सभापति नारायणदत्त भट्टसहितको पदाधिकारी तथा कार्यसमितिले कार्यभार सम्हालेका हुन् ।
नेपाली कांग्रेस कैलालीका निवर्तमान उपसभापति प्रकाशबहादुर बमले कार्यालयको चावी, फाईल र प्रोजेक्टर सभापति भट्टलाई हष्तान्तरण गर्दै कार्यभारको जिम्मेवारी दिएका थिए ।जिल्ला कार्यसमितिको उपसभापतिमा भीम बहादुर बडुवाल र खेमराज डंगौरा थारु, सचिवमा नृप बहादुर सुनार र केशव राज मिश्र, सहसचिवमा कलेशुराम चौधरी र रामसमझ राना रहेका छन् ।