‘त्यो नै हाम्रो अन्तिम रंगिन तिहार बन्न पुग्यो’
sdsd.jpg)
भिम चौधरी/सन् २०१६ समय बिहान ९ बजेर १३ मिनेट मंगलबारको दिन प्रकाशित भएको थियो । ‘त्यो नै हाम्रो अन्तिम रंगिन तिहान बन्न पुग्यौं’ । ६ वर्ष भएछ । तर, हरेक वर्ष होलीमा यो लेखको हेडिङले झस्काउँने गर्दछ । वार्तालाप स्मरण गराउने गर्दछ । पहिलो रंग तिमीले लगाउनु पर्छ है, उनले भनेकी थिईन् । मैले हुन्छ भनेको थिए । मनमा भने डर थियो, सक्दिन होला कि भनेर । सोच्दै थिए पहिलो रंग उनीबाट लगाउछु, अनी म उनलाई लगाउछु लागेको थियो मनमा ।
तर, काममा यति व्यस्त थिए कि त्यो छोड्न सकिने अवस्था थिएन । सबै होलीको रंगमा रमाइरहेका थिए । म भने काममा व्यस्त । गरेको वाचा पूरा गर्न सक्ने अवस्था अत्यन्त न्यून हँुदै गएको थियो ।
मनमा निकै चिन्ता थियो । तर, वाचा जसरी पनि निभाउनुपर्ने । रंग लगाउन उनको घर जानुपर्ने । तर, जाने कसरी ! फोनको घण्टी बजेको बज्यै थियो ।
आउछुभन्दा भन्दै घडीको सुई अगाडि बढी रहेको थियो । मेरो झुठो आश्वासनले उनी भड्किरहेकी थिइन् । तिमी आउने कि नाई उनले पटक–पटक भनी रहेकी थिइन् । मैले आउछु भनी जवाफ दिई रहेको थिए । मलाई लागि रहेको थियो । मैले उनलाई झुठो आश्वासन दिइरहेको छु भनेर । तर, झुठो आश्वानले उनी पर्खिरहेकी थिईन । म उनको घर जान सक्ने अवस्थामा थिएन । त्योभन्दा त यो नै ठिक होे भन्ने जवाफ खेलाई रहेको थिए । फोन आयो । हेरे, खल्तीमा राखे । जवाफ सोचे, फोन उठाए । के हो तिम्रो नाटक उनले रिसले क्रोधित हुदै रुच्ने पारामा भनिन । तिमी आउदैनौ भने म आउछु, उनले भन् ि। मन खुशीले हर्षित भयो ।
मनमनै सोचे ढुङ्गा खोज्दा देवता भेट्टियो । उनले भनेकी थिइन्, रंगको महत्व कति छ मेरो लागि । पहिलो रंग तिमीले नै लगाउनुपर्छ । धेरै आउदैछन रंग लगाउन, मैले नलगाई बसेको छु उनले कडा जवाफ दिइन् । दिनको करिब तीन बजेको थियो । फेरी उनको फोन आयो । कहाँ हो तपाई उनले प्रश्न गरीन । अली बिजी छु, मैले जवाफ फर्काए । नाटक नगर उनले भनिन् । मैले होइन्, गरेको छैन भन्दै फेरि जवाफ फर्काए ।
म बजार आईसके, कहाँ भेटम उनले प्रश्न गरीन । शिवनगर मैले जवाफ दिए । साईकलमा आउँन लागेको टाढैबाट मैले देखे । नजिकै पुगिन् । साईकल रोकिन । साईकलको टोकरीमा रंगका पोकाहरु थिए । रातो, हरियो र पहेलो । म संग केही थिएन । निधार खाली थियो । रंगको कुनै चुट्की थिएन उनको शरिरमा । मेरो पनि उस्तै । सरी भने । उनले तिम्रो त नाटक धेरै रहेछ, उनले भनिन । सरी भने । उनको साईकलको टोकरीमा हात हालिन् । रंगका पोका खोलिन् । हरियो, रातो र पहेलो रंग उनको गालामा लगाई दिए । उनले पनि मलाई । उनी खुशीले गदगद भइन्, उनको मुहारबाट थाहा भयो । दुई चुट्की रंगको महत्व धेरै रहेछ, उनको लागि मैले मनमनै सोचे । त्यो नै हामी दुईको रंगको रंगिन तिहार अन्तिम बन्न पुग्यो । सायद जीवन यस्तो हो, सोचे । ‘बसमा चढेका सबै यात्री गन्तव्यसम्म कहाँ पुग्छन र ! कोही बाटोमै ओलिन्छन्, सायद उनी पनि त्यसै गरी बाटोमै ओलिइन् ।’