धनगढी,०८ जेठ ।जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादवले आज कार्यकारिणी समितिको बैठक बोलाएका छन्।
५१ जना सदस्य रहेको उक्त कार्यकारिणी बैठक कोभिड महामारीका कारण स्थगित गरिएको भने सूचना अर्को अध्यक्ष महन्थ ठाकुरले शुक्रवार जारी गरेका थिए।
जसपाका कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईका अनुसार पार्टीको अध्यक्ष यादवले आधिकारिक रुपमा बोलाएको कार्यकारिणी बैठक आज बस्दैछ।
वैकल्पिक सरकार निर्माणको विषयमा विभाजित देखिएको जसपा, राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विषय, पार्टीको आगामी दिशामा कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने राईले लोकान्तरलाई बताए।