काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद लामिछानेले यो प्रकरणमा छानबिनका लागि संसदबाट विशेष समिति बनाउन माग गरेका हुन् । प्रकरणमा पक्राउ परेकाले नाम लिएका व्यक्तिउपर छानबिन नगरेको भन्दै आपत्ति जनाएका उनले दोषीलाई उम्काउन खोजिएको आशंका पनि व्यक्त गरे ।
उनले भने, ‘अब विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाउनुपर्छ । जसजसको नाम आएको छ छानबिनको दायरामा ल्याउन किन डराएको र प्रधानमन्त्री र गृहमन्त्री किन ? डराएको मुटु कहाँ गयो ?
शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाले माग गरेपछि सभामुख देवराज घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको पनि बताए ।