काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने बताएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलगायतका विषयमा संसद् अवरोध भएपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि अहिलेको विवाद सकिने र संसद् सुचारु हुने बताए ।
प्रतिपक्षी दलहरूले विरोधका कारण संघीय संसद्को दुवै सदनको बैठक अवरुद्ध भएको थियो ।