घोडाघोडीमा तिन महिनामै एक लाख बढी रुपया संकलन

जीवन बिष्ट कैलाली (सुखड) १३ साउन तिन महिनाको अवधीमा सहयोग शुल्क बाफत घोडाघोडीमा १ लाख १८ हजार १ सय २ रुपया संकलन भएको छ । २०७४ बैशाख १ गते यस क्षेत्रका सरोकारवालाहरुको बैठकले घोडाघोडी क्षेत्रका टिकटको व्यवस्था गर्ने निणर्य गरे लगत्तै बैशाख २ गते बाट टिकटको व्यवस्था सुरु गरिएको थियो । हाल घोडाघोडी क्षेत्रको अवलोकन गर्न प्रतिव्यत्ति ५ रुपयाको टिकटको व्यवस्था गरिएको छ । बैशाख २ गते देखी असार २५ गते सम्म १ लाख १८ हजार १सय २ रुपया संकलन भएको घोडाघोडी क्षेत्रका संरक्षक पदम प्रसाद ढकालले बताउनुभयो । दैनिक रुपमा ५ सय देखी १ हजार सम्म जना सम्म घोडाघोडीको अवलोकनको लागी आउने गर्दछन् ।अहिले सम्म संकलन भएको भएको रुपया घोडाघोडी क्षेत्रका संरक्षक दिपक शाह र पदम प्रसाद ढकालको खातामा रहेको छ । असार २५ देखी अहिले सम्म संकलन भएको रुपया जोड्न बाकी रहेको संरक्षक ढकालले बताउनु भयो । जम्मा गरिएको रुपया घोडाघोडी क्षेत्रमै खर्च गरिने संरक्षक ढकालले बताउनु भयो । यसको लागी अव छिट्टै यहाका सरोकारवाला निकाय सँग छलफल गरि कुन कामका लागी खर्च गर्ने भनेर निर्णय गरिने उहाले बताउनुभयो । घोडाघोडी क्षेत्रमा टिकटको व्यवस्था भएसँग धेरै उपलव्धी भएको धारणा उहाको छ । घोडाघोडी क्षेत्रमा हुने नराम्रा कार्य क्रमश रोकीदै गएको घोडाघोडी क्षेत्रलाई सफा सुगर राख्न सहयोग मिलेको उहा बताउनुहुन्छ ।