बसको ठक्करबाट घाईते काँग्रेस नेताको निधन, अन्तिम श्रद्धाञ्जली सहित अन्त्यष्टी गरिने

देबानन्द न्यौपाने लम्की, १३ साउन बसको ठक्कर बाट गम्भीर घाईते भएका नेपाली काग्रेस साविक प्रतापुर गाउ कार्य समितिका पुर्ब सभापति लम्कचुहा ७ प्रतापपुरका ७४ बर्षिया प्रेम बहादुर महतोको उपचारको क्रममा भारतको लखनउमा निधन भएको छ । पश्चिम बाट पुर्ब तर्फ जादै गरेको ना ५ ख ३९३ नम्बरको बसले साईकल यात्री ७४ बर्षिय महतो लाई लम्की चौराहा नजिकै यहि साउन १० गते मंगलबारको दिन ठककर दिएको थियो । बसको ठक्कर बाट गम्भीर घाईते महतोलाई लम्की स्थीत लालरत्न अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर रेफर गरीएको थियो । उपचार सम्भव नभएपछि महतोलाई भारतको लखनउमा पु््र्याइएको थियो । उपचारकै क्रममा विहिबारका दिन महतोको भारतमै निधन भएको हो । महतोको आज अन्तीम श्रद्धाञ्जली सहित दाहासंस्कार गरिएको छ । यसैबिच लोकतान्त्रीक आन्दोलनका सक्रिय नेता समेत रहनु भएका नेपाली काग्रेसका क्रियाशिल सदस्य प्रेमबहादुर महतोको निधन प्रति नेपाली काग्रेस लम्कीचुहा नगर समिति र क्षेत्र २ क्षेत्रीय समितिले गहिरो दुख ब्यक्त गरेको छ । महतोको निधनले नेपाली काग्रेस लम्कीचुहाले एक सक्रिय ईमान्दार, निष्ठावान कार्यक्रता गुमायको भन्दै मृत अत्मको चिरशान्तिको कामना समेत गरेको छ । साथै शोक सन्तब्ध गरीवार प्रति इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी इश्वर संग प्रथना गदछौ सोक वक्तब्यमा उल्लेख छ । स्वर्गिय महतोको पार्थिव शरीरमा नेपाली काग्रेसको झण्डा ओढाई अन्तीम श्रद्धाञ्ली समेत दिको थियो । श्रद्धाञ्जली कार्यक्रममा नेपाली काग्रेसका नगरकार्य समितिका पदाधिकारी, क्षेत्रीय समितिका पदाधिकारी, जिल्ला कार्य समितिका पदाधिकारी, महाधिबेशन प्रतिनिधि, महा समिति सदस्य लगायतकाको सहभागिता रहेको थियो । स्वार्गिय महात्व नेपाली काग्रसका महा समिति सदस्य तथा पुर्ब माननिय सभाषद् मानबहादुर महतोका दाजु हुनुहुन्छ ।