रघुनाथ बहुमुखी क्याम्पसमा अनिश्चीतकालिन तालाबन्दी

जीवन बिष्ट कैलाली (सुखड) १३ साउन रघुनाथ बहुमुखी क्याम्पसले नव निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गर्ने बहानामा पार्टिका झण्डा राखी राजनितीक त्रियाकलाप सँञ्चालन गरेको भन्दै स्वतन्त्र बिधार्थी युनियनले अनिश्चितकालिनन ताला बन्दी गरेको छ । बिद्यालय जस्तो क्षेत्रमा यस्तो त्रियाकलाप सँञ्चालन गर्ने प्राचार्य र व्यवस्थापन समिती अध्यक्षलाई कावाही नगरे सम्म तालाबन्दी नखोल्ने स्ववियु सभापती सिद्धराज जोशीले बताउनु भएको छ । माग पुरा नभए कडा आन्दोलन गर्न चेतावनी दिइएको छ ।क्याम्पस प्रसासनको लापरवाहीका कारण आज सम्म पनि स्ववीयु समानुपातिक प्रमाण पत्र बितरण नगरिएको तर भरखरै मात्र सम्पन्न भएको स्थानिय तह निर्वाचनलाई धुमधामका साथ स्वागत गरेको भन्दै अनिश्चीत कालिन तालाबन्दी गरिएको स्ववीयु सभापत्ती सिद्धराज जोशी द्धारा हस्ताक्षर बिज्ञप्तीमा उल्लेख गरिएको छ । क्यामपसमा तालावन्दी भएको ४ दिन बितिसक्दा समेत बिद्यालय प्रसासनले चासो नदिदा आफहरुमारमा परेको बिद्यार्थीहरले गुनासो गरेका छन् ।क्यामपसमा बिद्यार्थी हरु सँग कुनै छलफल नगरी तर्फ नभइ स्ववियुले आफ्नो मनपरि गरिरहेको बिद्यार्थीहरुले बताएका छन् ।