मौलीक तीज गीतका साथमा धनमाया

गायिका धनमाया राना हिन्दु नारीहरुको महान सांस्कृतिक पर्व तीजको अवसरमा मौलीक गीत लीएर श्रोता तथा दर्शकमाझ आएकी छिन् । बिसंगतीका बिचमा विकृत शब्द र लयमा तीजका गीतहरु आइरहेका बेलामा घनमाया रानाको यो गीत भने मौलकि रहेको छ । पछिल्लो समयमा तीजका गीतहरु छाडाहुादै गएको अवस्थामा संगीतकार सन्तोष श्रेष्ठले यस गीतलाई ठेट मौलीक तीज गीतको लयमा उतारेका हुन् । गीतकार शान्तिप्रियको शब्दमा संगीतकार सन्तोष श्रेष्ठले मौलिकपनलाई राम्ररी उतारेका छन् । निर्माताजीवन केसीले तीज विकृत बन्दै गएको र मौलीकता खोज्नुपर्ने आवश्यक भएको बेलामा आफुले सोचेजस्तो गीत प्रकाशन गर्न सकेको बताए । गायिका घनमायाले पनि तीजको मौलीक गीत आफूले गाउन पाएकोमा सन्तुष्टी ब्यक्त गरिन् । …हामी संगतिकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलक श्रृजनामा जोड दिनुपर्छ । जसका कारण गीतको भिडियो गोपाल थापाले निर्देशन गरेका छन् । यस तीज गीतमा रिना थापा र मिÂठ्ठु आलेको अभिनय छ भने देवराज आचार्यको छायांकन एवम् मनोज कार्कीको सम्पादन रहेको छ । गोल्डेन क्रियशनको प्रस्तुती यस गीतलाई आजै मात्र म्यूजीक नेपालले यूट्यूव मार्फत सार्बजनिक गरेको छ ।