तीजमा नरोकी नाच्ने नीताको उद्घोष

नायिका नीता ढुंगानाले यो तीजमा नरोकी नाच्ने उद्घोष गरेकी छिन् । गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता छमछमी नाचेकी छिन् । तीज पर्व आएसँगै नेपाली कलाकार र गायक(गायिकाको व्यस्तता पनि बढ्ने गर्दछ । नीता पनि अहिले तीजको गीतमा मोडलिङ गर्न व्यस्त छिन् । यो गीतमा दीपक शर्माकै शब्द तथा संगीत छ । शिव वीकले निर्देशन गरेको यो भिडियोलाई रविन बीकले सम्पादन गरेका हुन् भने शम्भु चालिसेले छायांकन गरेका हुन् ।