सामुदायिक रेडियो पश्चिम आवाज सम्मानित

ललित सिह धनगढी, ५ साउन आप्रवासन सम्बन्धी सञ्चारमाध्याम खोजमुलक समाचार तथा कार्यक्रम उत्पादन तथा प्रशारण गरेको भन्दै सञ्चार प्रतिष्ठान नेपालले बिहिबार सामुदायिक रेडियो पश्चिम आवाजलाई सम्मान गरेको छ । धनगढीमा एक कार्यक्रमको आयोजना गरी गरीएको सम्मानमा नगद, दोसल्ला र प्रमाणपत्र सहित सामुदायिक रेडियो पश्चिम आवाज का प्रबन्ध निर्देशक युवराज न्यौपानेलाई सम्मान गरीएको थियो । कार्यक्रममा जिल्लामा रहेका अन्य सञ्चार माध्याम र पत्रकारलाई नगद सहित प्रमाण पत्र प्रदान गरीएको थियो । सञ्चारप्रतिष्ठानले बैदेशिक रोजगारमा रहेका परिवारका लागि जिल्लाका बिभिन्न ठाउमा जनचेतना मुलक आयआर्जन शिक्षा, बिदेशमा जानेका लागि आवश्यक परामर्श तथा रोजगारीको लागि विदेशमा रहेका नेपाली कुनै समस्यामा परेका भए सम्बन्धीत ठाउमा पहलगरी नेपाल ल्याउने कामको सहजिकरण समेत गदै आएको छ ।