प्रतापपुर बजार व्यवस्थापन समितीको कार्यालय उद्घाटन

प्रतापपुर २४ भाद्र, लम्किचुहा नगरपालिका वडा नम्बर ७ अन्र्तगत रहेको प्रतापपुर बजार व्यवस्थापन समितीको कार्यालय शनिवार उद्घाटन गरेका छन् । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले एक कार्यक्रमका बिच समितीको कार्यालय उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष शंकर बोगटीले बजार व्यवस्थापन नयाँ प्रविधी प्रयोग गरेर गर्न आवश्यक रहेको बताए । साथै उनले बजार व्यवस्थापनका लागी आफुले सक्दो सम्पुर्ण सहयोग हुने बताएका छन् । प्रतापपुर बजार व्यवस्थापन समितीका अध्यक्ष शेरबहादुर देउवाको सभापतित्वमा भएको कार्यक्रममा भएको लम्किचुहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हरिराम चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष राम प्रशाद चौधरी लगायतको सहभागीता रहेको थियो । कार्यालय भवन एक कोठाको रहेको छ ।