हामि संग जोडिनुहोस

स्वास्थ्य

एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

  • Logo
    दिपक बम
  • Logo
    २०८०-१०-१२
  • सुन्नुहोस् 
1.18K  
Banner

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल सेती प्रादेशिक अस्पताललाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । 

कोभिड १९ को दोस्रो चरणको महामारिका बेला दिने भनिएको सो प्लान्ट विविध कारण रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । 

विदेशमा बसेर नेपाल आमाको गुण तिर्न सकु भनेर नेपालीहरुको सेवा गर्ने कार्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लागेकोसंघ अध्यक्ष डा.बद्री केशीले बताए । 

देशभर चालेको स्वास्थ्य सेवाको अभियान अन्तरगत महाकाली अस्पताल र सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको उनले बताए । 

विदेशमा बसोवास गर्ने नेपालीहरुले आर्थिक सङ्कलन गरि करिव एक करोड २० लाख बराबरको अक्सिजन प्लान्ट सेती अस्पताललाई हस्तान्तरण गरिएको संघ अध्यक्ष डा. केसीले बताए । 

सो अक्सिजन प्लान्टले एक घण्टामा ८ अटा अक्सिजन सिलिण्डर भर्ने सेति प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहको भनाई छ । 

उनका अनुसार सेती प्रादेशिक अस्पताल अक्सिजनमा आत्म निर्भर भएको छ । 

“गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अस्पतालमा अक्सिजनको बिरुवा रोपेको छ,  अस्पताल अध्यक्ष शाहले भने,यो सहयोगको लागी सेती प्रादेशिक अस्पतालको तर्फ बाट हार्दिक धन्यावाद ज्ञापन गर्दछु । गैरआवासीय नेपाली संघ (एनआरएनए)बाट आगामी दिनमा पनि  सहयोगको अपेक्षा राखेका छौँ ।”  

सेती अस्पतालमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दिएको अक्सिजन प्लान्ट लगाएर हाल दुईवटा रहेका छन् । अस्पतालले अक्सिजन प्लान्टबाटै सबै वेडमा अक्सिजन पाई जडान गरिएको जनाएको छ । हाल अस्पतालमा दैनिक करिव १ सय १० को हाराहारीमा अक्सिलज सिलिन्डर खपत हुने गरेको अस्पतालले जनाएको छ । 

यस्तै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपड साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रदेश सरकारले आर्थिक स्रोत कम हुदा स्वास्थ्य क्षेत्रमा गर्न नसकोके काम गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गरेको बताएका छन् ।

मन्त्री साउदले  सुदूरपश्चिमका जनाता वैदेशिक राजगारबाट पनि पिछडिएको बताउदै एनआरएनए लाई सुदूरपश्चिममा ठुला उद्योग स्थापना गर्न आग्रह समेत गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदूरपश्चिममा जुनसुकै कार्य गर्न चाहे प्रदेश सरकार सहकार्य गरेर जाने बताए । 




तपाइको प्रतिक्रिया दिनुहोस्