लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता, ८ भारतीय सहित ४२जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता, ८ भारतीय सहित ४२जना पक्राउ

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-११
  • सुन्नुहोस् 
1.48K   
लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता, ८ भारतीय सहित ४२जना पक्राउ  : Phulbari Khabar

किशोर तामाङ,

Phulbari Khabar

कञ्चनपुर ८श्रावण।कंञ्चनपुर स्थित पुनर्वास (बेलौरी क्षेत्रमा)मा नेपाल-भारत खुल्ला सिमा र सयौँ ससाना चोरीबाटो प्रयोग गर्दै नजिकैको भारतीय बजार खजुरिय र बसाही बजारमा घरायसी सरसामान खरीद गर्न जाने गर्दछन्।

खुल्ला सिमा र दैनिक आवतजावतमा लागुऔषध प्रयोगकर्ताहरु पनि उक्त बजारमा सहजै रूपमा खरीद तथा सेवन गर्न सकिने भएको हुँदा अधिकांश प्रयोगकर्ता र ब्यपारीले पुनर्वास बेलौरी क्षेत्रको बाटो प्रयोग गर्दै दिनहुँ झै कैलाली र सुदूरपश्चिम का पहाडी जिल्ला हरूमा समेत लागुऔषध ओसार-पसार हुने गरेको सीमावर्ती स्थानियहरू बताउछन् । 

Phulbari Khabar

आज पनि पुनर्वासमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी सहायक निरीक्षक बसन्त भुलको कमाण्डमा सादा पोशाकमा खटिएका प्रहरी जवान नरेश बोहरा र महेश विष्टको टोलीले पुर्नवास नगरपालिका वडा नम्बर ४ को कार्गिल डाँडामा भारतको बसहीबाट नेपाल आउदै गरेका जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ५ मटियारी बस्ने वर्ष २९ को लक्ष्मण खड्का र वर्ष २० को आदित्य चौधरीलाई लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका हुन् ।

उनीहरू संका लागी चेकजाँच गर्दा आदित्य चौधरीको साथबाट कालो प्लाष्टिकमा बेरेर राखेको प्लाष्टिक सहित तौल गर्दा १।१५ ग्राम र शुद्ध तौल गर्दा ८४० मिलिग्राम लागु औषध(खैरो हेरोईन) फेला पारी निजहरुको साथमा भएको सु.प. प्र.०.००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत बरामद गरी दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिए ।

पछिल्लो समयमा लागुऔषध दुब्र्यसनी रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले सक्रियता बढाए संगै दिनहुँ झैं लागुऔषध प्रयोगकर्ताहरु नियन्त्रणमा लिने क्रम जारी छ। ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको पछिल्लो तथ्याङ्कमा उल्लेख भएका लागुऔषध सम्बन्धी मुद्दामा आर्थिक वर्ष २०७९।०८० मा ३७ जना र आर्थिक वर्ष ०८०।०८१ मा ५ जना गरि जम्मा ४२ जना लाई लागुऔषध सहित पक्राउ गरी मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक मल्ल ले जानकारी दिए। मल्लाका अनुसार पक्राउ परेका मध्ये ८ भारतीय नागरिक रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च