हामि संग जोडिनुहोस

स्वास्थ्य

डडेल्धुरा मेडिकल कलेजमा माघ देखी कक्षा सञ्चालन हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-१८
  • सुन्नुहोस् 
915  
Banner

डडेल्धुरा । सुदूरपश्चिम विश्वविद्यालयमातहतको डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी अघि बढाएको छ । कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै माघदेखि कक्षा सञ्चालनको तयारी अघि बढेको हो । 

सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि २९ माघदेखि कक्षा सञ्चालन गरिने तयारी छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सातजना विद्यार्थी भर्ना भएसँगै २९ माघदेखि कक्षा सञ्चालन हुने बताएका छन् ।

१० जनाको कोटा पाएकोमा बाँकी तीनजना भने शुल्क तिरेर पढ्न पाउने उनले बताए । विशिष्ट सेवासहितको संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई नै सरकारले मेडिकल कलेज घोषणा गरेको हो । डडेल्धुरा अस्पताल अहिले एक सय शड्ढयाको स्वीकृत दरबन्दी अनुसार सञ्चालन भइरहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्