हामि संग जोडिनुहोस

स्वास्थ्य

गेटामा विश्वविद्यालय बनाउन तीन सय सैयाको अस्पताल चल्नु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

  • Logo
    दिपक बम
  • Logo
    २०८०-९-१७
  • सुन्नुहोस् 
867  
Banner

धनगढी । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैयाको अस्पताल चल्नु पर्ने बताएका छन् । 

धनगढीमा नेपाल प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन कम्तिमा पनि तीन सय सैयाको अस्पताल चलेको हुनुपर्ने बताए ।

विश्वविद्यालय बनाउन अस्पताल राम्रो चलेको हुनुपर्ने बताउँदै उनले एक सय सैयाको अस्पताल राम्रोसँग चलाएर तत्काल तीन सय सैयाको अस्पताल सुरु गर्नु पर्ने बताए ।

त्यसपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय चलाउन कुनै समस्या नहुने मन्त्री बस्नेतले बताए । मेडिकल क्षेत्रका जुनसुकै विद्यार्थीलाई पनि विरामी चाहिने भएकाले अस्पताल चलेको हुनुपर्ने उनको धारणा छ ।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बन्न सुरुमा एक सय सैयाको अस्पताल राम्रोसँग चल्नु पर्छ,’ उनले भने,‘त्यसपछि तीन सय सैयाको अस्पताल चलाउने र त्यो राम्रोसँग चले मात्र स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा विश्वविद्यालय बनाउन योग्य हुन्छ ।’

उनले गेटामा केही थप स्वास्थ्यकर्मीको व्यस्थापनगरि उपचार सेवा सुरु गरेको बताए । गेटामा एक सय ४१ जना स्वास्थ्यकर्मीको स्वीकृति भएको हुँदा अहिले एक सय सैयाको अस्पताल चलाउन समस्या नहुने उनको भनाइ छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्