हामि संग जोडिनुहोस

स्वास्थ्य

डडेल्धुरा अस्पताललाई ३ सय शैय्याको बनाइने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-१७
  • सुन्नुहोस् 
828  
Banner

डडेल्धुरा । डडेल्धुरा अस्पताललाई ३ सय शैय्याको बनाइने भएको छ । हाल एक सय शैय्याको रहेको उक्त अस्पताललाई चाँडै ३ सय शैय्याको बनाइने भएको हो ।

आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको निरिक्षण गर्दै चाँडै ३ सय शैय्याको बनाईने बताए । उनले ३ सय शय्याको अस्पताल सञ्चालन नभएसम्म मेडिकल कलेज पूर्ण रूपमा चल्न नसक्ने भएकाले अस्पतालको क्षमता पनि बढाउँदै लैजानुपर्ने बताए ।

डडेलधुरा अस्पतालले ३ सय शय्यामा सञ्चालन गर्न नयाँ भवन बनाइरहेको छ । मन्त्री बस्नेतले अस्पतालको स्तर उन्नतिका लागि स्वास्थ्य मन्त्रालयले कुनै कसर बाकी नराख्ने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अस्पतालमा कार्यरत जनशक्तिलाई मेडिकल कलेजले पनि काममा लगाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले एमबीबीएसको पढाई सुरु गर्नु भन्दा नर्स र पारामेडिक्सको पढाई सुरु गर्न सल्लाह दिए । डडेलधुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जनशक्ति थप्ने कार्यमा सरकारले सहयोग गर्नुपर्ने बताए । मन्त्री बस्नेतले अस्पतालका निर्माणाधीन भवन, क्वाटर लगायतको निरीक्षण र अवलोकन गरेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्